राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषका बीचमा सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । र्नुभएको छ ।

Advertisement

कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघि देखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सीजीएएस प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउंदै आएको कार्यलाई निरन्तरता दिदै कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सब्मिसन नम्बर तथा कार्यालय कोड सहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले सब्मिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउसको बैंक सेन्ट्रल सफ्टवेयर मार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिनेछन । 

यसले गर्दा रकम समयमै जम्मा भई हिसाव मिलान हुने तथा कर्मचारीहरुको खातामा सोझै रकमहरु जम्मा हुने हुँदा सहज हुने विश्वास गरिएको छ । 

उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फस्र्यौट विभागका विभागीय प्रमुख ऋषि राम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उप प्रमुख सरोज कोईराला र प्रबन्धक बिमल जोशिको उपस्थिती रहेको थियो । 

Advertisement

Advertisement