राष्ट्रिय वाणिज्य बैंकद्वारा रेमिट्यान्स बैंकिङ च्यानलबाट भुक्तानी गर्न नेपाल रेमिटसँग सम्झौता

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरु मार्फत नियमानुसार सहज रुपमा भुक्तानी हुनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ ।

उक्त सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत दुर्गा कँडेल, भुक्तानी तथा फस्र्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाको उपस्थिति रहेको थियो । 

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङबाट सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement