पर्यटक आवागमनमा वृद्धि गर्नको लागि सही सूचना र तथ्यांकको अभाव छः  पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको दावी गरेका छन् । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा सुरु भएको  कार्यशाला गोष्ठीमा उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । 

किरातीले नयाँ गन्तव्यस्थलको खोजी गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायिक वितरण गरी गरिबी निवारण गर्नुपर्ने बताए । 

Advertisement

उनले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हाँसिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पयर्टन प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्नको लागि सही सूचना र तथ्यांक आवश्यक पर्ने किरातीको भनाई छ । 

मन्त्री किराँतीले सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको बताउँदै सही तथ्यांकको अभाव रहेको बताए । उनले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, बिस्तार एवं विविधिकरण गर्ने पर्यटन प्रवद्र्धन गर्न र पर्यटकहलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तरको सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए । 

नेपालमा पर्वतीय पर्यटनका लागि हिमालको भुमिका महत्वपूर्ण रहेको किरातीको भनाई छ । उनले गोष्ठीले नेपालको पयटकीय तथ्यांक व्यवस्थित गर्न, राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको प्रभाव कति प्रतिशत छ ? विदेशी पयर्टकको खर्च लगायतका विषयको यकिन तथ्यांक आउन मद्दत पुग्ने बताइएको छ । 

तीन दिने गोष्ठीमा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिप्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत ११ देश प्रतिनिधि सहभागी छन् । यस कार्यक्रमले विश्व पर्यटनका नयाँ आयामहरुका बारेमा थप जान्न तथा अनुभव आदान प्रदान  गर्न, दीगो पर्यटन विकासमा साझा धारणा तय गर्न सहयोग पुग्ने पर्यटन बोर्डको भनाई छ । 

कार्यक्रममा संयुुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन सङ्कंगठनका बाह्य सम्वन्ध निर्देशक बेका जकेली, स्पेनका लागि नेपाली राजदूत  शर्मिला पराजुली ढकाल, कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयका महानिर्देशक जोङतायक पार्कले भर्चुअल माध्यामबाट बोलेका थिए । 

Advertisement

Advertisement