तोलामा सात सय रुपियाँ घट्यो सुनको मूल्य, चाँदीको पनि घट्यो

Advertisement

काठमाडौं । सुनचाँदीको मूल्य हिजो ह्वात्तै बढे पनि आज भने घटेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement