डेढ दशकदेखि फोहोर फ्याँक्दा ककनी र धुनिवेसीवासीले भोगेका समस्याबारे स्थलगत अध्ययन

Advertisement

काठमाडौं । फोहोर विसर्जन गरेबापत नुवाकोटको ककनी र धादिङको धुनिवेसी क्षेत्रका वासिन्दाले भोगेका समस्याबारे स्थलगत अध्ययन गर्न सो क्षेत्रका साँसद र स्थानीय सहभागी टोलीले सो क्षेत्रको स्थलगत अध्ययन गरेको छ । 

विगत १७ बर्षदेखि काठमाडौ उपत्यकाको फोहोर विसर्जन गर्दा ककनी र धुनिवेसीका बासिन्दाले बेहोर्दै आएका समस्या अध्ययन गरी दीर्घकालिन समस्या समाधानका लागि सरकार र अन्य सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन शुक्रबार प्रभावित क्षेत्रको अध्ययन भ्रमण गरिएको हो । 

Advertisement

भ्रमण टोलीमा सांसद विमला सुवेदी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र सिंह, समन्वय अधिकारी प्रकाश पौडेल, ककनी गाउँ पालिकाका अध्यक्ष सुमन तामाङ, ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईं, धुनिवेसी नगरपालिका वडा नं. १ का वडाध्यक्ष मानबहादुर तामाङ, बेलकोटगढी नगरपालिका वडा नंं. २ का वडाध्यक्ष रामचन्द्र तिमसिनालगायत सहभागी थिए । 

Advertisement

Advertisement