खानी उत्खनन्  र रिफाइनरी सेन्टर सञ्चालनका लागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार

Advertisement

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले खानी उत्खनन्  र रिफाइनरी सेन्टर सञ्चालनको कार्यगर्न निजी क्षेत्रलाई दिनकालािग आवश्यक कानूनी प्रावधान गर्न तयार रहेको बताएका छन् ।  

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा आइतवार गएको महासंघको प्रतिनिधि मण्डलसँग कुरागर्दै सचिव मरासिनीले निजी क्षेत्रले गर्न चाहेको र गर्न सक्ने काम गर्न वाटो खुल्ला गर्न सरकारले कन्जुस्याइँ नगर्ने बताए । 

Advertisement

‘तपाइँहरुले गर्न सक्ने कामहरु के के हुन् तीनीहरुलाई सीचवद्ध गरेर प्रश्तान दर्तागर्नुहोस्, त्यसकालागि वाटो खुल्ला गरिदिन हामी सहयोग गर्छौं,’ सचिव मरासिनीले भने, ‘निजी क्षेत्रले र्ग सक्ने काम छ भने त्यसकालागि वाटो रोक्नुपर्ने के नै कारण छ र ?’

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले विभिन्न किसिमका कानूनी ब्यवधानकाकारण गर्न चाहेर पनि गर्न नसकेका धेरै कामहरु भएको भन्दै विद्यमान कानूनी अड्चनहरु हटाउन आग्रह गरे । त्यसक्रममा उनले बजारको आवश्यकता अनुसार कच्चा पदार्थ आयातको ब्यवस्था मिलाउन, सुन आपूर्तिकालागि निजी क्षेत्रलाई पनि वाटो खुल्लागर्न, सुनचाँदी कारोबारकालागि प्रष्ट मापदण्ड लागु गर्न र ब्यवसायीलाई अनावश्यक दुःख नदिई निर्वाधरुपमा ब्यवसाय सञ्चालनको वाटो खुल्लागर्न पनि सचिव मसारिनीसँग आग्रह गरे । 

भेटका क्रममा महासंघका तर्फवाट सभासद् एवं महासंघका सल्लाहकार रणेन्द्र वराइली, उपाध्यक्षद्धय दियेशरत्न शाक्य र महेन्द्ररत्न शाक्य लगायतको उपस्थिति थियो । 

Advertisement

Advertisement