नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली, वालुवाटार समितिको अध्यक्षमा सापकोटा चयन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समिति र बालुवाटार समितिको नवौं अधिवेश नगत शुक्रबार सम्पन्न भएको छ । 

बरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यमा बैकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा अधिवेशन सम्पन्न भएको हो । 

Advertisement

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका कावा अध्यक्ष शंकरप्रसाद भट्टराई, कावा महासचिव गिता पोख्रेल लम्साल, सचिव कृष्णप्रसाद खराल, कोषाध्यक्ष डिल्लीराज आचार्य, सह कोषाध्यक्ष शारदा लोहनी, केन्द्रीय समितिका सचिवालय सदस्य तुलसीराम वानियाँ, रामहरी घिमिरे, केन्द्रीय समितिका निवर्तमान अध्यक्ष रुद्रप्रसाद तिम्सिना, थापाथली समितिका निवर्तमान अध्यक्ष रमेश सुवेदी, बालुवाटार समितिका निवर्तमान अध्यक्ष डा. महेश चौलागाईँ लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनबाट वेदनिधि सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको छ । 

समितिको उपाध्यक्षमा लुमणी खनाल, सचिवमा गणेशमान शाक्य, सह–सचिवमा गोमा धिताल, कोषाध्यक्षमा सुमन राई र सदस्यहरुमा शिवशंकरप्रसाद शाह, उर्मिला खनाल ढकाल, सरोज कन्दङवा, रामसेवक मण्डल, सोराज डङ्गोल र सारुख तिम्सिना चयन भएका छन् । 

साथै केन्द्रीय महाधिवेसनका लागि १२ जना महाधिवेशन प्रतिनिधिहरु समेत सर्वसम्मत चयन भएको थियो । 
 

Advertisement

Advertisement