पूर्वप्रधानमन्त्री ओली भृकुटीमण्डपको जुत्ता मेलामा पुगेपछि उपभोक्ताको आकर्षण बढ्यो

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले मेलाको अवलोकन गरेपनि उपभोक्ताको आकर्षण बढ्न थालेको छ । 

गत शुक्रबार ओली मेला स्थल पुगेका थिए । उक्त अवसरमा ओलीले स्वदेशी ब्राण्डका जुत्ता चप्पललाई प्रवर्द्धन गर्नुपर्ने बताएका थिए । 

Advertisement

मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।

मेलाको अवलोकन र व्यवसायीहरुको प्रोत्साहनका लागि नेपाली काँग्रेसका महामन्त्री गगन थापासमेत भृकुटीमण्डप पुगेका थिए । 

१० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल बिक्री भइरहेको छ । ओली र थापाले अवलोकन गरेपछि उपभोक्ताहरुको आकर्षण ह्वात्तै बढेको आयोजक सबिन कार्कीले बताए । 

मेलामा जुत्ता चप्पल खरिदमा ग्राहकले भारी छुट पाउने अर्का व्यवसायी गंगा श्रेष्ठले बताए । 

Advertisement

Advertisement