माछापुच्छ्रे बैंकले ग्लोबल मनि वीकमा गर्यो विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि वीक २०२३ माछापुच्छ्रे बैंकले पनि मनाएको छ । 

उक्त अवसरमा बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । 

Advertisement

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तरकृया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनि वीक मनाएको हो । 

देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement