हिमालयन एभरेष्टले दियो २.७५ प्रतिशत लाभांश, शेयरधनी भन्छन्– दोहोरो अंकमा चाहिन्छ

Advertisement

काठमाडौं। बीमा क्षेत्रमा पहिलो मर्जरको रेकर्ड बनाउन सफल हिमालयन एभेरेष्ट इन्स्योरेन्सले बुधबार आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले यो मर्जरपछिको पहिलो साधारणसभा हो ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मिलेर गत साउन १ गते एकीकृत कारोबार सुरु गरेका थिए । कम्पनीको साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अजयरत्न स्थापित र हेमराज थापालाई संचालकमा चयन गरेको छ भने संस्थापक शेयरधनीको तर्फबाट महेन्द्रकृष्ण श्रेष्ठ, विजितकृष्ण श्रेष्ठ र भारती पाण्डेलाई चयन गरेको छ । 

Advertisement

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारण सभाले गत आव २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । 

सभामा शेयरधनीहरुले मर्जरमा गएका बीमा कम्पनीहरुले दोहोरो अंकको लाभांश दिनुपर्ने आवाज उठाएका थिए । उनीहरुले लाभांशमा अब आशा मात्र देखाउने भन्दा पनि प्रतिवद्धता आवश्यक रहेको बताए । 

Advertisement

Advertisement