कारवाहीमा परे ढाकाकुमार, समानुपातिक सांसदमा कंशाकारलाई पठाउने रास्वपाको निर्णय

Advertisement

काठमाडौं । मन्त्री बन्न २ करोड रुपियाँको बार्गेनिङ गर्ने सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । 

आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको आजै साँझ आयोजित पत्रकार सम्मेलनमा सभापति  रवि लामिछानेले जानकारी दिए ।

Advertisement

श्रेष्ठलाई कारवाही गरेपछि रिक्त हुने समानुपातिक सांसदमा बिन्दवासिनी कंशाकारलाई पठाउने निर्णय भएको सभापति लामिछानेले बताए ।  

Advertisement

Advertisement