काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सानिमा जिआईसी इन्स्योरेन्सको नाफा गत आवको सोही अवधिको तुलनामा बढेको छ ।
गत आवमा ३ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ५ करोड ८ लाख रुपियाँ नाफा कमाएको छ। यो गत आवको तुलनामा ५०.६० प्रतिशतले बढी हो ।
असोज मसान्तसम्म कम्पनीको खुद आर्जित बीमाशुल्क ०.९२ प्रतिशतले बढेर १० करोड ८३ लाख रुपियाँ पुगेको छ । त्यस्तै कुल आम्दानी २४.७५ प्रतिशतले बढेर २७ करोड ६४ लाख रुपियाँ पुगेको छ भने दाबी भुक्तानी ८.५७ प्रतिशतले घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३.४१ रुपियाँले बढेर १०.१७ रुपियाँ, प्रतिशेयर नेटवर्थ १५१.५७ रुपियााँ र मूल्य आम्दानी अनुपात ६५.०२ गुणा रहेको छ ।
२ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडामा ६१ करोड ९२ लाख रुपियाँ र महाविपत्ति कोषमा ४ करोड ६ लाख रुपियाँ सञ्चित छ ।