काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । विसं. २०७९ सालको अन्तिम दिन सुनचाँदीको मूल्य स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तोलाको १ लाख १० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार २५० सय रुपियाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।