तनहुँ–१, चितवन–२ र बारा–२ मा यसरी हुँदैछ मतदान

Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि तनहुँ–१, चितवन–२ र बारा–२ मा अहिले उपनिर्वाचन जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत मंसिर ४ को निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अद्यावधिक गर्न आदेश दिएसँगै पद गुमेपछि अहिले उपनिर्वाचन गरिएको हो । 

Advertisement

चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जीवलाल पुरीलगायत उम्मेदवार छन् भने तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राप्रपाका शोभा गुरुङलगायतउम्मेदवार छन् ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, स्वतन्त्र पार्टीका रमेश खरेल, राप्रपाका सोनलाल शाहलगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।

Advertisement

Advertisement