पूर्व प्रधानमन्त्री नेपालको उपस्थितिमा रौतहटका आगलागी पीडितलाई राहत वितरण

Advertisement

रौतहट । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ४  मानपुरका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । 

उक्त स्थानमा चैत २५ गते आगलागीको घटना भएको थियो । 

Advertisement

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले आज आगलागी पीडित १७ घरपरिवारलाई राहत वितरण गरेको हो । पीडितहरुलाई प्रतिघरधुरी २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, ५ केजी चिउरा, र अढाई केजी स्वाइबिन वितरण गरिएको हो । 

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम संस्थाका केन्द्रीय सचिव भरतविक्रम कटवालको अध्यक्षतामा सम्पन्न भएको हो । 

केन्द्रीय सदस्य रामकुमार खड्काले सञ्चालन गरेको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य रामकुमार भट्टराई, गौर नगरपालिकाका मेयर शम्भु साह, संगठनका केन्द्रीय उपमहासचिव तथा रौतहट अध्यक्ष कृष्ण खड्कासहित संगठनका केन्द्रीय र जिल्ला पदाधिकारीहरु, रौतहटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

संगठनले विगतका दिनहरुमा समेत मानवीय कार्यहरुमा सहयोग गर्दै आएको जिल्ला अध्यक्ष खड्काले बताए ।   


 

Advertisement

Advertisement