बिग्रंदो अर्थतन्त्रप्रति महावीरको चिन्ताः माईतीघर मण्डलामा शुरु गरे आन्दोलन

Advertisement

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गरेका छन् । 

आज बिहानदेखि काठमाडौंको माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि आन्दोलन शुरु गरेका हुन् । उनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताए । पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना 
जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गनुभयो । नयाँ विषयहरुको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताए । 

Advertisement

अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताए । सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको बताए । उनले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत 
सरकारले नदेखेको आरोप लगाए । 

उहाँले आन्दोलनमा  अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गरे । उनले प्रतिभाशाली सन्ततीहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताए । अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सन्चालन तथा खरिद ऐन बनाउन आग्रह गरे । 

उनले स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानून बनाउन, नवउद्यमीहरुलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवर्द्धन समिति बनाउन र व्यवहारिक अनुसन्धान लाई प्रवर्द्धन गर्न  व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गरे । उनले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था गर्न माग गरे । पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गरेका छन् ।

Advertisement

Advertisement