सुनचाँदीको मूल्यमा तीब्र गिरावट, दुई सातामा सुनको भाउ एघार हजार रुपियाँले घट्यो

Advertisement

काठमाडौं । पछिल्लो दुई साता सुनको मूल्यमा तीब्र गिरावट आएको छ । कात्तिक १५ गते हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको सुनको मूल्य करिब दुई सातापछि घटेर एक लाख ६० हजार रुपियाँमा झरेको छ । यसअवधिमा सुनको मूल्यमा तोलामा ११ हजार रुपियाँको गिरावट आएको हो । 

यस्तै यता चाँदीको मूल्य पनि करिब तीन साताको अन्तरालमा तोलमा २३० रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको बजार मूल्य अनुसार कात्तिक ७ गते चाँदीको मूल्य हालसम्मकै उच्च तोलाको २१ सय ३५ रुपियाँ पुगेको थियो । त्यसयता क्रमशः ओरालो लाग्न थालेको चाँदीको भाउ मंसिर २ गते १९ सय ५ रुपियाँ कायम भएको छ । 

Advertisement

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्य निरन्तर घटेसँगै यसको प्रभाव नेपाली बजारमा समेत पर्न गएको हो । त्यसो त विवाहको मुख्य सिजन मंसिरमा नै सुनको भाउ घट्नुले पनि अन्तर्राष्ट्रिय बजारको प्रभाव मान्न सकिन्छ । 

Advertisement

Advertisement