सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी रेमिट्यान्स (विप्रेषण) भित्र्याउन सफल हिमालयन बैंकलाई सम्मानित गरेको छ । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन् । हिमालयन बैंकले आव २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा हो ।

Advertisement

करिब दुई दशकदेखि विप्रेषण सेवा ‘हिमालरेमिट’ मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुबिधा प्रदान गर्दै आएको छ । बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ । 

हाल बैंकले देश भरि फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ  । 

बैंकले देशभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे जनाएको छ ।
 

Advertisement

Advertisement