नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई भेटेर आगामी बजेटबारे दियो सुझाव

Advertisement

काठमाडौँ । नेपाल आर्थिक संघका वरिष्ठ उपाध्यक्ष डा. भवानीप्रसाद ढुंगानाको नेतृत्वको टोलीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेको छ । उक्त अवसरमा अगामी आर्थिक वर्ष बर्ष २०८०/८१ को बजेट अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले ल्याउन पर्नेमा जोड़ दिईएको थियो । 

अर्थशास्त्रीहरुको सुझावपछि अर्थमन्त्री महतले रोजगारी, उत्पादन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने कुरा बताए । सोहि अवसरमा  संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थमन्त्रीलाई मानार्थ सदस्यता प्रदान गरे ।  

Advertisement

कार्यक्रममा उपाध्यक्ष्य प्राडा गोबिन्द नेपालले अर्थ मन्त्रालयसँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसन्धान जारी राख्ने बताए । त्यसैगरी नेपाल आर्थिक संघका महासचिव डा गोपालप्रसाद तिवारी देशका बिभिन्न जल्दाबल्दा आर्थिक विषयहरुमा सहकार्य गर्दा सरकारलाई उयोगी बजेट ल्याउन सहयोग मिल्ने बताए ।  

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. पोषराज पाण्डेले नेपाल आर्थिक संघसँग सहकार्य गर्दैै नीति विश्लेषण कार्यक्रम गर्ने तयारी गरिरहेको बताए । 

Advertisement

Advertisement