नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई मंगलबार बिहान ललितपुरबाट पक्राउ परेका छन् ।

द्वन्द्वको विज्ञका रुपमा चिनिने राई नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा सल्लाहकार नियुक्त भएका थिए ।

Advertisement

उक्त गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको निजी सचिवालयमा काम गर्थे । 

भुटानी शरणार्थी प्रकरणमा करोडौं भ्रष्टाचारको खुलासा, दर्जनौं पीडितले दिए उजुरी, कनेक्शन आरजुसम्म

भुटानी शरणार्थीको नाममा करोडौं ठगीः कुँवरले हेर्दै आएका थिए, आईजीपी भएपछि पक्राउ गरे

प्रमुख दलका नेताहरु नै संलग्न रहेको भुटानी शरणार्थी प्रकरणका अर्का सक्रिय सदस्य पक्राउ

भुटानी शरणार्थी प्रकरणः पीडितहरुले सामुहिकरुपमा दिएको निवेदन प्रहरी कार्यालयबाटै गायव

Advertisement

Advertisement