नेशनल लाईफले अभिकर्ताहरुको लागि गर्यो ‘क्रुज डिनर एट नारायणी रिभर’ कार्यक्रम

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदीमा संचालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । 

साथै, सीईओ सुरेश प्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताहरुको सम्मान  कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक मनोज भट्टराईबाट उत्तप्रेरणा तथा व्यक्तित्व विकास सम्वन्धि प्रशिक्षण प्रदान गरिएकोे थियो ।

कार्यक्रममा सीईओ खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने बताए ।  

Advertisement

Advertisement