सिटिजन लाइफको वार्षिक साधारण सभाबाट पारित भए यी प्रस्ताव

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो ।

सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।

Advertisement

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपियाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
 

Advertisement

Advertisement