राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए सपथ

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसमक्ष बुढाथोकीले सपथ लिएका हुन् । 

बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन् । यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरेपनि सपथ भने बाँकी थियो । 

Advertisement

बुढाथोकीले आइतबारै सपथ पनि पदभार ग्रहण समेत गरेका छन् । आयोगको काम कारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताएका छन् । 

आयोगको सदस्यका रुपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्राडा आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्मेवारी सम्हालिसकेका छन् । 

Advertisement

Advertisement