सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ पे एण्ड सेभ’ खाता, के के छन् सुबिधा ?

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै ‘सिद्धार्थ पे एण्ड सेभ’ खाता सञ्चालनमा ल्याएको छ । 

शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत रु. १०० भन्दा बढीको विद्युत्तीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ । 

Advertisement

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि आजैबाट स–सानो बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे यस खातामा बंैकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निस्शुल्क डेबिट कार्ड र बैंकस्र्माट एक्सपी सेवा प्रदान गर्नेछ ।

साथै, ग्राहकहरुलाई यस खाता खोली यथासिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको छ । 

यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पिओएस वा अनलाईनबाट न्युनतम रु १,००० को कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १००) क्यासब्याक पाउने छन् । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ । 

यस खाताले अभिभावक वर्गहरुलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स–सानो बचत गरी आफ्नो बालबालिकाहरुको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बंैकले लिएको छ ।

सिद्धार्थ बैंककोे १९५ शाखा कार्यालयहरुबाट सहजै यो बचत खाता खोल्न सकिने छ । 

Advertisement

Advertisement