यसोदा फुड्सको सफलताः वार्षिक सवा अर्बको ‘करेन्ट’ चाउचाउ निर्यात, १५ हजारलाई रोजगारी

Advertisement

काठमाडौं । यसोदा फुड्स अहिले नेपाली बजारमा प्रख्यात नाम बनेको छ । सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल ‘करेन्ट’ले  बिदेशी मुद्रा भित्राएर देशको आर्थिक बिकासमा पनि निकै ठुलो टेवा पुर्याएको छ । 

स्वदेशमै बिदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केहि बर्षमै नेपाली बजारमा छाउँदै  भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ । बिदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रति बर्ष १ करोड अमेरिकी डलर बराबरको निर्यातले प्रस्ट पार्दछ । 

Advertisement

प्रत्यक्ष  र अप्रतक्ष्य रुपमा १५ हजार जनालाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानको उत्पादन खरिद गर्दै आउको छ । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमाबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ५ जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।

किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यस्ले देशका केहि ठाँउमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको जनाएको छ । 

करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले बताउँछ । उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३० करोड रुपियाँ) बराबरको निर्यात हुन्छ । 

नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ । अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ । नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थ्कर भएको कम्पनीको दाबी छ । 

कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमा अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् । 
 

Advertisement

Advertisement