नेप्लिज योङ इन्टरपेनर्स फोरम काठमाडौंले गर्यो उद्यमशीलता सम्मेलन

Advertisement

काठमाडौं । नेप्लिज योङ इन्टरपेनर्स फोरम (एनवाईइएफ) काठमाडौंले पहिलो पटक मल्ल होटलमा उद्यमशीलता सम्मेलन २०२३ को आयोजना गरेको छ । 

नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजन गरिएको हो । 

Advertisement

संस्थाका अध्यक्ष चिराग गोयलको अध्यक्षता र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्य र सांसद शोविता गौतमको विशेष आतिथ्यका कार्यक्रम सम्पन्न भएको हो ।  

उक्त अवसरमा एनवाईइएफ काठमाडौंका अध्यक्ष गोयलले देशको आर्थिक विकासका लागि युवाहरूले रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले उद्यमशीलतामा महिलालाई सहयोग किन महत्त्वपूर्ण छ र सरकारले उनीहरूलाई दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर कसरी सहयोग गर्न सक्छ भन्ने कुरामा पनि जोड दिए ।

उद्यमशीलता सम्मेलन प्यानल छलफल, उद्यमशील यात्रा, उत्पादन र सेवा प्रदर्शन गरिएको थियो । नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५०० भन्दा बढी अतिथिहरूले कार्यक्रममा भाग लिएका थिए ।

एनवाईइएफ काठमाडौं च्याप्टरले ३० भन्दा बढी स्टलहरूलाई आफ्ना उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो । स्टलहरू उद्यमीहरू बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्म थिए।

उद्यमशीलता सम्मेलनको इभेन्ट संयोजक इच्छा मल्लले यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन र नेपाली उद्यमशीलता प्रणालीको विकासमा योगदान पुर्याउनेहरुलाई धन्यबाद ज्ञापन गरेकी थिइन् ।  

Advertisement

Advertisement