नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहँदा गृहसचिवको जिम्मेवारीमा दिनेश भट्टराई

Advertisement

काठमाडौं। सचिव दिनेश भट्टराईले गृहसचिवको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा रहेका भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिइएको हो ।

गृह मन्त्रालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय तानिएको छ । हाल गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थीको अनुसन्धान गरिरहेको छ । सो अनुसन्धान चलिरहेकै बेला सचिव भट्टराईलाई जिम्मेवारी दिइएको हो ।

Advertisement

यसअघि उनी वाणिज्य सचिव रहेका थिए । उनी वाणिज्य सचिव रहँदा भारतबाट उद्योगगका लागि कोइला खरिद गर्न सक्ने सम्झौता गरेका थिए । यस्तै नेपालको इतिहासमै पहिलो पटक नेपाली रेल भारत जान पाउने र भारतीय रेल नेपाल आउन पाउने सम्झौता भएको थियो । यस सम्झौताले नेपाली व्यवसायलाई ठूलो राहत पुगेको थियो ।

Advertisement

Advertisement