सिटी होटलको आईपीओमा आवेदन दिने विहीबार अन्तिम दिन

Advertisement

काठमाडौं । सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा २८ गते विहीबार आवेदन दिन अन्तिम दिन हो । 

विहीबार कार्यालय समयसम्म इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् ।  

Advertisement

कम्पनीले  ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएर बाँकी रहेको १३ लाख ५५ हजार  ९ सय ४० कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

यसअघि विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले काठमाडौं सोल्टिमोडमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement