ग्यालेक्सी ए२४ एलटीई बजारमा, के-के छन् विशेषता ?

Advertisement

काठमाडौं । सासमङले ए–सिरिजमा ग्यालेक्सी ए२४ एलटीई नेपाली बजारमा ल्याएको छ ।  जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीले जनाएको छ ।

यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि  वा ८ जिबि र्यामका साथ काम गर्छ । साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।

Advertisement

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरुसहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य रु.२ ८,९९९/- कायम गरिएको छ भनें ८ + १२८ जिबिको मोबाइल रु.३ १,९९९/- मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement