प्रभु लाइफद्वारा प्राणघातक रोग बिरुद्धको १० लाख दाबी भुक्तानी

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको रू. १० लाख रकम बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ । 

कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि रू. ३० लाख बीमाङ्कको बीमा गरेकी बीमित रन्जु गौचनलाई करिब केही समय अगाडि क्यान्सर रोग पहिचान भएको थियो । बीमा पोलिसी खरिद गर्दा निज बीमत गौचनले प्राण घातक रोगहरुविरुद्घको रू. १० लाख रकम बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् । 

Advertisement

बीमतले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेको दुई दिनमै उक्त दाबी रकम कम्पनीले भुक्तानी गरेको हो । 

कम्पनीको शाखा कार्यालय गोंगबुले एक औपचारिक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश ए प्रमुख पदम राना, गोंगबु शाखा प्रमुख खेमराज खनाल, वरिष्ठ एजेन्सी मेनेजर नविन शेरचन, जीवन भट्टचन लागाएतको उपस्थीतिमा उक्त दाबी रकम बीमित गौचनको घरमै पुगेर हस्तान्तरण गरेको हो । 

Advertisement

Advertisement