आइएमई पे मार्फत किराना समानमा स्मार्ट क्युआर स्क्यान गर्दा १० प्रतिशत छुट

Advertisement

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ ।

सो अफर अन्तर्गत् ग्राहकले प्रत्येक कारोवारमा रु १०० सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । 

Advertisement

ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् । यो अफर जेठ १ देखी असार ३१ सम्म चल्ने छ । 

आइएमई पे र डिजी मार्ट बीचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो । यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको हो । 
 

Advertisement

Advertisement