सुन्दर अटोले इभी १००-एस मोटरसाइकल सार्वजनिक गर्दै, मूल्य २ लाख ५० हजार

Advertisement

काठमाडौं। सुन्दर अटो इन्जिनियरिङ प्रालीले नेपालमै एसेम्बल गरिएको मोटरसाइकल उत्पादन सुरु गरेको छ। प्रालिले बिहिबारदेखि मोटरसाइकल बिक्री सुरु गर्न लागेको हो ।

कम्पनीका अनुसार इभी १००-एस नाम दिएको मोटरसाइकल एक पटकको फुल चार्जमा १०० किमी गुड्नेछ । कम्पनीले सुरुवाती बिक्री मूल्य २ लाख ५० हजार राखेको छ ।

Advertisement

कम्पनीका संचालक भेषबहादुर थापाले नेपालमा बनेको इभी मोटरसाइकल सस्तो रहेको बताए । उनले भने ‘हामीले बिहिबार पत्रकार सम्मेलन गरी मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेका छौं । यसको मूल्य सुनेर धेरै ग्राहकहरुले सोधिखोजि गरिरहेका छन् ।’

मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स धेरै भएकाले हिमाल, पहाड र तराइ सबै ठाँउमा गुडाउन सकिने कम्पनीको दाबी छ ।

Advertisement

Advertisement