७० युपीको मदिरामा ८ रुपियाँ कर बढ्यो, वियरमा ३ प्रतिशत

Advertisement

काठमाडौं । सरकारले मदिरा र वियर लगायत नेगेटिभ लिष्टमा कर बढाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले जबरजस्त नेगेटिभ लिष्टमा कर बढाएका हुन ।

हाल वियरमा प्रतिलिटर २ सय २८ रुपियाँ​ कर लाग्दै आएको थियो । यसमा ३ प्रतिशत वृद्धि गरी २ सय ३५ प्रतिलिटर पुर्याइएको छ । प्राय: सबै प्रकृतिको मदिरा तथा बियरमा कर बढाइएको छ । जसमा ७० युपीको मदिरामा सबैभन्दा धेरै २० प्रतिशत कर बढाइएको छ । 

Advertisement

हाल ७० युपीको मदिरामा प्रतिलिटर ४२ रुपियाँ लाग्दै आएको कर बढाएर ५० रुपियाँ पुर्याइएको छ। 

Advertisement

Advertisement