‘ज्ञान’ नेपालबाटै उत्पत्ति भएको होः ओली

Advertisement

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन् । 

बुधवार आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रममा उनले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताए । ओलीले मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहीत बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको बताए । 

Advertisement

उनले भने, ‘मान्छे सम्मानित जीवन अभावरहीत, भोकमरी रहीत सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्न पनि चाहन्छ र सुरक्षित हुन चाहन्छ । सम्मानित जीवन बाच्न चाहन्छ । समान भएर अरु बराबरको छु है भन्ने हिसावले बाच्न चाहान्छ । त्यसकारण हामीले समृद्ध नेपाल, सुखी नेपाली भनेका हौँ । योगले भनेको त्यही हो । योगले भनेको समृद्ध नेपाल, सुखी नेपाली हो आजको सन्दर्भमा योगले गर्न खोजेको कुरै त्यही हो । योगले नेपाललाई समृद्ध बनाउन खोजेको हो, नेपालीलाई सुखी बनाउन खोजेको हो । योगले निकम्भा भाग्यवादमा विश्वास गर भन्दैन । कर्मठ कर्मवादमा विश्वास गर भन्छ ।’

ओलीले नेपालबाटै ज्ञान उत्पत्ति भएको बताए । उनले योगको उत्थान गरेर अघि बढ्न जरुरी रहेको बताए । 

Advertisement

Advertisement