बिहीबार सार्वजनिक बिदा

Advertisement

काठमाडौं । नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

Advertisement

Advertisement