नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा श्रेष्ठ चयन

Advertisement

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको उक्त साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरे ।  

Advertisement

साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भए । 

सुुबिनको गतिशील नेतृत्व र उनको समर्पित टिमअन्तर्गत संस्थाले नयाँ उचाइ हासिल गर्ने अपेक्षा पनि गरिएको छ । 
 

Advertisement

Advertisement