एसईईको नजिता सार्वजनिक, ३.६ देखि ४ जीपीए ल्याउने तीन प्रतिशतभन्दा कम

Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षाको आज बिहीबार नतिजा सार्वजनिक भएको हो ।

परीक्षामा कूल चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी रहेकोमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको छ ।

Advertisement

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या एक लाख दुई हजार २९३ छ । 
  
नतिजा प्रकाशनका लागि १९ संस्थाले परीक्षा नियन्त्रण कार्यालयबाट अनुमति पाएका छन् । जसमध्ये १४ वटा वेभसाइटबाट हेर्न सकिन्छ भने पाँच वटा एसएमएस सेवा र एउटा आईभीआर सेवाबाट हेर्न सकिन्छ । 

नतिजा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयको बेभसाइटमा पनि हेर्न सकिन्छ । 

Advertisement

Advertisement