रासायनिक मलको प्रयोगले प्रकृति र मानव स्वास्थ्यमा गम्भीर असर पर्दैछः श्रेष्ठ

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् । 

बिहीवार संसदको अर्थ समितिको बैठकमा उनले रासयनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण  गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए । 

Advertisement

श्रेष्ठले रासयनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए । 

श्रेष्ठले भने, ‘कृषकले मल नपाइरहेको कारण एउटा विचौलिया र अर्को वितरण प्रणाली नभएको हो । त्यसमा काम गर्नुपर्छ । रासयनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण गर्नेकुरालाई कसरी न्यूनीकरण गर्ने भन्ने कुराहरु केही पनि छैन् ।’ 

उनले थपे, ‘अर्थसमिति दिगो विकास लक्ष्यको मापनहरु प्यारामिटरअनुसार भएको छ कि छैन ? भनेर हेर्ने पनि निकाय हो । जनस्वास्थ्यको संवेदनशीलता पनि हेर्नुपर्छ । दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बच्चाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दैछ ।’

सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको बताए । 

Advertisement

Advertisement