स्मार्ट क्यूआर र नेपाल पे क्यूआर अन्तरआबद्ध भई सेवा सुचारु

Advertisement

काठमाडौं । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । 

आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यूूआर र नेपाल पे क्यूआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

Advertisement

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्यूआर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्यु आर  मार्फत आबद्द भएका  विभिन्न  मोबाइल बेकिंग, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्यु आर नेटवर्कमा आबद्द  सम्पूर्ण दुर्इ लाख पचास हजार भन्दा बढी  मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन ।

यसैगरी , स्मार्ट क्यूआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे  क्यूआर  नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् । 

ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचान मा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ ।
 

Advertisement

Advertisement