काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ लामाजुरामा दुर्घटना भएको सोही गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले पुष्टि गरेका छन् ।
घटनास्थलमा प्रहरीसहित अरु उद्दारकर्ताहरु पुगिसकेको उनले जानकारी दिए । हेलिकप्टर दुर्घटनाग्रस्त स्थलबाट प्रहरीले अहिलेसम्म पाँच जनाको शब फेला पारेको छ ।
मंगलबार बिहान लुक्लाबाट १०ः०५ मा काठमाडौंका लागि उडेको मनाङ एयरको हलिकप्टर केही समयमा नै सम्पर्कबिहीन भएको थियो । लामाजुराका स्थानीय ठूलो आवाज सुनेको भन्दै खबर गरेपछि प्रहरी सो ठाउँतर्फ परिचालन गरिएको थियो । बेपत्ता रहेको मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युट एयरको हेलिकप्टरलाई पनि पठाइएको थियो ।
मनाङ एयरमा पाँच जना पर्यटक र चालक थिए ।