अर्थमन्त्रीको विश्वास– करको दायरा बढाइएको छ, यस पटक राजश्व संकलन बढ्छ

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको दावी गरेका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा उनले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताएका हुन् । 

महतले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजश्व बढ्ने विश्वास व्यक्त गरे । उनले राजश्व वृद्धि हुने प्रशस्त आधार देखिएको जिकिर पनि गरे । 

Advertisement

मन्त्री महतले ‘यसपाली करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ । ब्याजदर पनि अलिकता सहजता हुन बित्तिकै थप चलायमान हुन्छ । यसले राजस्व वृद्धि हुने प्रशस्त आधार दिन्छ ।’ 

उनले थपे, ‘हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै बिनियोजन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ । साँसदहरुले राखेको सुझावलाई हामी सहश्र आत्मसात् गर्छौ । र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशिल हुन्छौँ ।’ 

Advertisement

Advertisement