हिमालय एअरलाइन्सद्धारा एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई एयर कन्डिसनर हस्तान्तरण

Advertisement

काठमाडौं । हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ । 

एयरलाइन्सका अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश भण्डारीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् । सीएसआका लागि स्वास्थ्य सेवामा गतिविधि सुरु गरेको एयरलाइन्सको भनाई छ । 

Advertisement


अस्पतालको जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको, जहाँ बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने जनाइएको छ । वार्डले न्यून आयस्तरका बिरामीहरूलाई सेवा दिने गरेको छ । 


उपकरण हस्तान्तरणका क्रममा एअरलाइन्सका अध्यक्ष एन्योङले जनरल वार्ड अवलोकन पनि गरेका थिए । उनले नेपाल अपाङ्ग संघका पदाधिकारीहरूद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एअरलाइन्स्को इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश योगदान गर्ने प्रतिबद्धता पनि जनाए । हिमालय एयरलाइन्स चिनियाँ संयुक्त लगानीको कम्पनी हो । 

Advertisement

Advertisement