सिद्धार्थ बैंक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैकिङ क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१÷२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको ‘ उत्कृष्ट वित्तीय प्रतिवेदन’ गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो । 

Advertisement

सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।

उक्त अवार्ड शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरेका थिए । 

यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साफाद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टरसहित), १२३ शाखारहित बैंकिङ सेवा र २२० एटिएम मार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री बंैकिङ सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement