काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
४ वर्षका लागि सीईओ भएका श्रेष्ठले मंगलबारदेखिनै कार्यभार सम्हालेका छन् । उनी सो संस्थामा कामु सीईओका रुपमा कार्यरत थिए ।