आवरणकार रमेश पौडेलसहित झण्डै एक दर्जन साहित्यकार र समाजसेवीलाई पुरस्कार र सम्मान

Advertisement

काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आवकरणकार एवं साहित्यकार रमेश पौडेललाई पुरस्कृत गरेको छ । लामो समयदेखि साहित्य तथा कला क्षेत्रमा सक्रिय उनलाई घट्टेकुलो विकास समाजको भवनमा शनिबार सम्मान गरिएको हो । 

प्रतिष्ठानले पहिलो पटक स्थापना गरेको २५ हजार रुपियाँ राशीको उक्त पुरस्कार पौडेललाई प्रदान गरिएको हो । प्रतिष्ठानले साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिहरुलाई पनि अभिन्नदन र सम्मान गरेको छ । 

Advertisement

अभिनन्दित तथा सम्मानित हुनेहरुमा लोक गायिका मनमाया सिटौला, बाल साहित्यकार तथा समाजसेवी स्नेहा पोखरेल, कलाकार मदनदास श्रेष्ठ, स्वास्थ्यसेवी टंकबहादुर श्रेष्ठ, समाजसेवी सुरेन्द्र ढकाल, अमेरिकामा रहेका साहित्यप्रेमी ईश्वरकान्त सिटौला, गीतकार तथा कवयत्री बालिका, घट्टेकुलोका समाजसेवी शिवराज राजवंशी, रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष किशोर उप्रेती, उक्त क्लबका पूर्वअध्यक्ष तीर्थराज दाहाल, मुक्तककार निशा केसी, शिक्षासेवी कृष्णकुमार बोहोरा छन् । 

कार्यक्रममा विभिन्न साहित्यकार तथा कलाकारहरुले कविता, मुक्तक, गीत प्रस्तुत गरेका थिए । 

Advertisement

Advertisement