कोरोनाका कारण रोक्किएको अन्तरविद्यालयस्तरीय फुटसल खेल ग्लोबल रिचद्धारा पुनः सुरु

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी ग्लोबल रिच नेपालले ‘इन्टर स्कुल ए–लेभल÷आईबीडीपी फुटसल टुर्नामेन्ट’लाई निरन्तरता दिने भएको छ । 

कोरोना महामारीका कारण बीचमा तीन बर्ष आयोजना हुन नसकेको यो प्रतियोगिता यस बर्षबाट सुचार गर्न लागिएको हो । आइतबार आयोजित कार्यक्रममा आउँदो साउन २० गते हुने टुर्नामेन्टको ट्रफी अनावरण गरियो । ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले ट्रफी अनावरण गरे । 

Advertisement

ग्लोबल रिचले सन् २०१६ बाट सुरु गरेको यो एक दिने प्रतियोगितामा यस पटक १६ वटा स्कुल तथा कलेजहरु सहभागी हुँदैछन् । नकआउटका आधारमा खेलाइने यो खेलमा प्रतियोगी टिमहरुलाई चार समूहमा खेलाइने छ । खेल बालुवाटारस्थित ढुकु फुटसल हबमा बिहान १० बजेबाट खेल सुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र तथा दोस्रो हुनेले रनल अफ ट्रफी र प्रमाणपत्र पाउने छन् । खेलमा बुढानीलकण्ठ स्कुल, क्याम्पियन एकेडेमी, चेल्सी इन्टरनेशनल, जेम्स इन्ष्टिच्युट, ग्लोबल कलेज, काष्ठमण्डप एकेडेमी, लिटिल एन्जेलस, मल्पी इन्ष्टिच्युट, नामी कलेज, ओरियन्ट कलेज, प्रिमियर इन्टरनेशनल, रातो बंगला, रुपिज इन्टरनेशनल, सेन्ट जेभियर्स, ब्रिटिस कलेज र युलेन्स स्कुलका विद्यार्थी प्रतिस्पर्धा गर्दैछन् । 

ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले यस्ता खेल प्रतियोगिताबाट विद्यार्थीले धैर्यता, फोकस, रणनीति, आफ्नो प्रतिस्पर्धीका बारेमा सिक्ने मौका पाउने बताए । विगत ३२ बर्षदेखि निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको यो कम्पनीले अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement