शेर्पा विद्यार्थी संघद्वारा एसईई उत्रिण विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

Advertisement

काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघले २०७९ को एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान, विधा पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम आयोजना गरेको छ । 

शनिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले सम्मान आफैमा एक उत्प्रेरणा भएको बताउँदै विद्याले अज्ञानता, भ्रम तथा अन्योलबाट मुक्ति दिई जीवनलाई उज्यालोतर्फ अगाडी बढाउने बताए । 

Advertisement

एसईई उत्रिण देशभरका शेर्पा विद्यार्थीलाई बधाई, सम्मान तथा उच्च शिक्षा अध्ययन गरिरहेकाहरुलाई शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सचेतना, प्रतिभा प्रस्फुटन गर्ने मुख्य उद्देश्यले कार्यक्रम गरिएको संघका अध्यक्ष छिरिङ शेर्पाले बताए । 

कार्यक्रममा चिकित्सा क्षेत्रका डा. कुन्जाङ शेर्पा, अदिम कलेजका प्रध्यानाध्यापक शङ्खर शर्मा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दिछेन शेर्पा, सांसद सचिवालय अधिकृत बिनुका शेर्पा, कानुन क्षेत्रका रिता शेर्पा, नेपाल शेर्पा संघका महासचिव लक्पा शेर्पा, एमडी शेर्पा, दाबुटी शेर्पा (मिस शेर्पा २०१८), निम्लेकी शेर्पा, इन्जिनियरिङ क्षेत्रका एडी लामा शेर्पा (नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष), ङिमा ग्याल्जेन शेर्पालगायत सहभागी थिए । 

Advertisement

Advertisement