नुवाकोट-काठमाडौँ पत्रकार समाज गठन

Advertisement

काठमाडौँ । नुवाकोट घर भई राजधानीमा काठमाडौंमा क्रियाशील पत्रकारहरुको संस्था  ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन भएको छ ।  

अग्रज पत्रकार श्याम रिमालको अध्यक्षतामा भएको भेलाले रमेश जमकट्टेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।  

Advertisement

समाजको सहसंयोजकमा नवराज घिमिरे र रसदस्यहरुमा आशिष ढुंगाना, प्रकाश पुडासैनी, प्रशन्न ढुंगाना, राजन ढकाल, हरेराम भेटवाल, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरी लगायत छन् । 

नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरु एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरुमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ । 
 

Advertisement

Advertisement