काठमाडौं । गौशालाको अतिक्रमित संरचना डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर लगाउन थालेपछि अवरोध गर्न पुगेका आफूलाई अभियान्ता बताउने सायमीलाई प्रहरीले पक्राउ गरेको हो । सायमीले अरु केही युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
प्रहरी वृत गौशालामा डीएसपी सुकदेव खनालका अनुसार पक्राउ परेकाहरुलाई अहिले सोही वृत्तमा राखिएको छ । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की र कच्ची संरचना हटाउन खोज्दा अवरोध गर्न खोजिएको थियो ।