जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक भित्रिए

Advertisement

काठमाडौं । सन् २०२३ को जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल पर्यटक बोर्डका अनुसार यो महिनामा भारतबाट २१ हजार ३५७, अमेरिकाबाट पाँच हजार ५६१, चीनबाट पाँच हजार ६९३, बङ्गलादेशबाट दुई हजार ६९४, बेलायतबाट तीन हजार ६३०, अष्ट्रेलियाबाट एक हजार १०२, मलेसियाबाट ९९८, दक्षिण कोरियाबाट एक हजार ३७५, जापानबाट ८७१ र भुटानबाट ८०७ जना पर्यटक नेपाल भित्रिएका हुन् । 

Advertisement

सन् २०१९ को जुलाई महिनामा कुल ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएका थिए । त्यसपछिका बर्षमा भने कोभिड महामारीका कारण पर्यटक आगमनमा भारी गिरावट थियो । 

Advertisement

Advertisement